काठमाडौं । सरकारले चालेको पछिल्लो कदमबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पदाधिकारीहरुको आकस्मिक बैठक डाकेको छ।
काँग्रेस सभापति शेरबहादुर देउवाले भोलि बिहान पदाधिकारीको बैठक बोलाएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उनले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन्, ‘काँग्रेस पदाधिकारिको बैठक मंगलवार बिहान ९ बजे बोलाइएको हो ।’ बैठक देउवा निवास बुढानिलकण्ठमा बस्ने बताइएको छ ।
सरकारले आज राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ जारी गरेपछि काँग्रेसले बैठक डाकेको काँग्रेसले जनाएको छ।
काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको कदमप्रति गम्भीर असहमति जनाइसकेका छन्।





प्रतिक्रिया