देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सचिवालय बैठक सकिएलगत्‍तै प्रधानमन्त्री पुगे शीतलनिवास

देशान्तर

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली शितल निवास पुगेका छन्। नेकपाको सचिवालय बैठक सकिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितल निवास पुगेका हुन्।

पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने र प्रतिपक्षी दलको नेताको अनुपस्थितिमै संवैधानिक परिषद्को बैठक बस्ने र निर्णय गर्न सक्ने गरी अध्यादेश मन्त्रिपरिषद‍् बैठकको सिफारिसलगत्तै राष्ट्रपति भण्डारीले जारी गरेकी थिइन्। नेकपाको सचिवालय बैठक बस्दाबस्दै अध्यादेश जारी भएको थियो।

अध्यादेशबारे नेकपामा हलचल मच्चिएको छ। नेकपाभित्र प्रचण्ड समूह अहिलेको परिस्थितिमा अध्यादेश ल्याउन नहुने भन्दै असन्तुष्ट छ।