देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विकसित घटनाक्रमबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

देशान्तर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पादाधिकारी बैठक बस्दै छ । सरकारले ल्याएको दुई अध्यादेशबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो ।

राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशबारे छलफल गर्न आज विहान ९ बजे पदाधिकारी बैठक बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठक पार्टी सभापति शेरबहादुर देउवाका निवास बूढानीलकण्ठमा बस्ने छ ।

सरकारले जारी गरेका दुवै अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएर नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशबाट प्रतिपक्षी दलको नेता सहभागिता नभए पनि संवैधानिक परिषदको बैठक बस्ने र निर्णय गर्न सक्ने प्रावधान राखिएको छ । यसलाई कांग्रेसले संविधानमाथिको प्रहार भनेर टिप्पणी गरेको छ ।

यस्तै राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेशबाट दल विभाजनको प्रावधान खुकुलो बनाइएको छ ।