देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२८ दिनपछि निको भए धादिङका कोरोना संक्रमित युवा, डिस्चार्ज हुँदै

देशान्तर

काठमाडौं । धादिङका एक युवा कोरोना संक्रमणपछि निको भएका छन्। उनलाई उनकै स्थानीय सरकारको समन्वयमा डिस्चार्ज गर्ने तयारी भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा सागरराज भण्डारीले बताए।

युएईबाट आएका ती युवा २८ दिनअघि अस्पताल भर्ना भएको बताइएको छ। नेपालमा कोरोना संक्रमणपछि निको हुने उनी छैटौं व्यक्ति हुन्। टेकु अस्पतालबाटै गत शनिबार कोरोना संक्रमणपछि उपचाररत प्रसिद्धि श्रेष्ठ निको भई डिस्चार्ज भएकी थिइन्। नेपालमा हालसम्म ४२ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ।