काठमाडौ । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा कोरोना भाइरस कोभिड–१९को संक्रमण पुष्टि भएका २४ जनामध्ये एकै परिवारका ५ जना रहेको खुलेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको ११ जनामध्ये ५ जना एकै परिवारको रहेको खुलेको हो ।
५ जनामध्ये एउटै परिवारका ४१ वर्षीय दाजु, १८ वर्षीय छोरा, ३६ वर्षीया बहिनी, ४० वर्षीय ज्वाई र १८ वर्षीय भाञ्जा रहेका छन् । १८ वर्षीय छोरा भारतको युपीमा उर्धु भाषा पढ्न गएको खुलेको छ । उनी लकडाउनभन्दा केहि दिनअघि मात्र युपीबाट घर आएको बुझिएको छ ।
उता गाईघाट बजारमा जुत्ताचप्पलको व्यापार गर्दै आएका बहिनी ज्वाइ लकडाउनका कारण व्यापार गर्न नपाएपछि माइती घरमा बस्दै आएका थिए । व्यापार गर्दै आएको बजारको घर साँघुरो भएको र बाहिर आउजाउ गर्न नपाएपछि माइती घरमा गएर बसेका छिमेकीले बताएका छन् ।
स्थानीयले संक्रमित व्यापारी गाउँ सिल गर्नुअघि लकडाउनकै समयमा पनि गाईघाट आउजाउ गरेको बताएका छन् ।





प्रतिक्रिया