देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अध्यादेशविरुद्ध साझा पार्टीका तीन प्रस्ताव

देशान्तर

काठमाडाैँ । साझा पार्टीले सरकारले ल्याएका दुई अध्यादेश लोकतन्त्र र देश दुवैका लागि घातक हुने बताएको छ।

राष्ट्रिय संकटका बेला सरकारले ल्याएका राजनीतिक दलसम्बन्धी अध्यादेश निहित स्वार्थपूर्तिका लागि पार्टी फुटाउने कुत्सित मनसायबाट र संवैधानिक परिषद्सम्वन्धी अध्यादेश संवैधानिक निकायमाथि पूर्ण नियन्त्रण कायम गरी राजनीतिक प्रतिशोध साँध्ने ध्येयबाट प्रेरित भएको साझाको भनाइ छ।

बुधबार एक विज्ञिप्ति प्रकाशित गर्दै साझा पार्टीले सरकारले ल्याएका दुवै अध्यादेशको विरोधमा तीन बटा प्रस्ताव सार्वजनिक गरेको छ। साझाले अध्यादेशको खारेजीको माग गर्दै डिजिटल अभियान चलाउन र सामाजिक सञ्जालमा विज्ञप्ति र पोस्टर प्रयोग गर्न पस्ताव गरेको छ। त्यस्तै साझाले संसदभित्र रहेका र बाहिरका दलको साझा मोर्चा निर्माण गर्न पनि प्रस्ताव गरेको छ ।

त्यस्तै साझाले अब संवैधानिक निकायमा राजनीतिक भागबण्डा बन्द गर्ने प्रण गर्न समेत प्रस्ताव गरेको छ। त्यस्तै साँझाले सुरक्षा प्रोटोकलको व्यवस्था मिलाएर तुरुन्त संघीय संसदको बैठक आह्वान गर्न दबाब दिन प्रस्ताव गरेको छ।