देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कञ्‍चनपुरका कोरोना संक्रमितको रिपोर्ट ‘नेगेटिभ’

देशान्तर

डडेल्धुरा । सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित एक पुरुषको एउटा रिपोर्ट ‘नेगेटिभ’ आएको छ। कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषको तेस्रो रिपोर्ट ‘नेगेटिभ’ आएको हो। सेती प्रादेशिक अस्पतालका अनुसार उनको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना ‘पोजेटिभ’ देखाएको थियो।

अर्को परीक्षणमा पनि उनको रिपोर्ट ‘नेगेटिभ’ देखाए अस्पतालबाठ डिस्चार्ज गरिने अस्पतालले जनाएको छ।  यसअघि कैलालीको लम्कीचुहाका २१ वर्षीय युवक र धनगढी उप-महानगरपालिका ५ का ३४ वर्षीय संक्रमित युवक निको भएर घर फर्किसकेका छन्।

उनीहरू दुबै जनाको पछिल्ला दुई रिपोर्ट ‘नेगेटिभ’ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो।