मकवानपुर । नेपाली कांग्रेसले कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा जनताको समस्या समाधानतर्फ प्रदेश सरकार गम्भीर नबनेको आरोप लगाएको छ । वाग्मती प्रदेश सभामा पार्टीका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बिहीबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै लकडाउनमा जनता हिँडेर जान बाध्य भएको र राजनीतिक विचार र आस्थाका आधारमा सरकारले राहत वितरण गरेको बताए।
उनले दिनहुँ गरिब, विपन्न तथा मजदूर वर्ग पैदल हिँडेर हेटौँडाबाट आफ्नो घर जाने गरेको र सवारीसाधनको व्यवस्था नभएको तथा सरकारले कुनै सहयोग नगरेको जनाए । उनले सरकारले स्वास्थ्य सुरक्षाप्रति खासै ध्यान नदिएको र आरडीटी सम्बन्धित ठाउँमा पठाउन नसकेको भन्दै कोरोनाको जोखिम हुन नदिन तथा जनतालाई राहत दिने विषयमा सबै दलबीच सहकार्य आवश्यक रहेको बताए ।





प्रतिक्रिया