देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लकडाउनकाबीच अध्यादेशविरुद्ध नेविसंघको सांकेतिक प्रदर्शन

देशान्तर

धनगढी । सरकारले ल्याएको अध्यादेशविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आज विहान धनगढीमा सांकेतिक प्रदर्शन गरेको छ । कोरोना संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनकाबीच पनि नेविसंघ प्रदर्शनमा उत्रिएको हो ।

उनीहरुले सुदूरपश्चिम प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गरेको हुन् । उनीहरुले विवादास्पद अध्यादेश फिर्ता गर, जनताको जीवन रक्षमा केन्द्रीत गरलगायतका नाराहरु लेखिएका बोकेका प्लेकार्डहरु बोकेका थिए ।

संघका केन्द्रीय सदस्य विनय लामाको नेतृत्वमा सामाजिक दुरी कायम गरेर अध्यादेशविरुद्ध प्रदर्शन गरिएको थियो । केन्द्रीय सदस्य लामाले अध्यादेशले लोकतन्त्रमाथि नै खतरा उत्पन्न हुने गरि सरकारले अध्यादेश ल्याएको भन्दै लकडाउनकाबीच पनि प्रदर्शनमा उत्रिनुपरेको बताए ।