देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष भुसाल कैलालीमा मृत भेटिए

देशान्तर

कैलाली । गौरीगंगा नगरपालिका-९ मसुरियास्थित बिहानी क्षितिज बोर्डिङ स्कूलका प्रिन्सिपल कृष्ण भुषाल मृत फेला परेका छन। सोही ठाउँ बस्ने ४० वर्षीय भुषाल पुर्व-पश्चिम राजमार्गको पहलवानपुर बजारबाट एक किलोमिटर पश्चिम मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतले गएराति साढे १० बजे उनको शव राजमार्गको किनारमा फेला परेको बताए। मृतकको आँखा, मुख र घुडामा चोटपटक देखिएको बताउँदै बस्नेतले इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक ज्ञानवहादुर विष्टको टोली पुगेर घटनास्थलमा अनुसन्धान थालेको जानकारी दिएका छन्।

हिजो, ११ वैशाख साँझ एकजना साथीले बोलाएपछी उनी मसुरियाबाट ८ किलोमीटर पूर्वतर्फ रहेको पहलवानपुर बजारतर्फ गएका थिए। पहलवानपुरको एक होटेलमा साथीसँगै मदिरा सेवन गरेर राति साढे ८ बजेतिर जंगलको बाटो हुँदै साइकलमा घर फर्कदै गर्दा उक्त घटना भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले अनुसन्धानका लागि साथीसहित होटल संचालकलाई नियन्त्रणमा लिएको छ। भुषाल राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) को केन्द्रीय उपाध्यक्षसमेत भइसकेका व्यक्ति हुन्।