देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारत : सुदूरपश्‍चिमका १० जनाले जिते कोरोना, अस्पतालबाट डिस्चार्ज

देशान्तर

काठमाडौं । भारतमा सुदूरपश्चिमका १० जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । भारतमा बस्दै आएका सुदूरपश्‍चिमका १० जना कोरोना निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

संक्रमित थप एक बालकको भने अस्पतालमा उपचार भइरहेको छ । अछाम घर भइ भारतको मुम्बईमा बस्दै आएका एकै परिवारका ८ जना सदस्य र बझाङको चैनपुरी घर भइ भारतको बैंग्लोरमा काम गर्दै आएका अर्का परिवारका तीनजना सदस्यमा कोरोना पुष्टि भएकोमा १० जनालाई निको भएको हो ।

चैनपुरका ४५ वर्षीय पुरुष र ३५ वर्षीया उनकी श्रीमती अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने उनका छोराको अहिले उपचार भइरहेको बताइएको छ। अछामको चौरपाटी गाउँपालिका ५, लुंग्राका चेतमान खड्काको परिवार पनि कोरोनालाई जितेर २५ दिनपछि अस्पतालबाट डिस्चार्ज भएको छ । खड्कासहित उनका परिवारका आठै जना सदस्य कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।