देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारको स्वेच्छाचारी र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध प्रतिपक्षी दलले संघर्ष गर्ने

देशान्तर

काठमाडौं । प्रतिपक्षी दलहरूले लोकतान्त्रिक मूल्य–मान्यता कुल्चिँदै सर्वसत्तावादतर्फ अग्रसर सरकारकोे स्वेच्छाचारी प्रवृत्तिविरुद्ध संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा सोमबार बसेको प्रतिपक्षी दलहरूको संयुक्त बैठकले सरकारको स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति एकताबद्ध भएर संघर्ष गर्ने प्रतिबद्धता जनाएका हुन् ।

बैठकमा कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरूको सहभागिता थियो ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा। शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा। प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, प्रवक्ता विश्वप्रकाश शर्मा र श्री राधेश्याम अधिकारी सहभागी थिए ।

यस्तै जनता समाजवादी पार्टीका तर्फबाट महन्थ ठाकुर, डा। बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, शरदसिंह भण्डारी, अशोक राई र राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा। प्रकाशचन्द्र लोहनी सहभागी थिए ।

यी हुन बैठकले गरेका निर्णयहरू

१. लोकतान्त्रिक मूल्य र मान्यतालाई कुल्चिँदै यो सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको स्पष्ट छ । हामी यो प्रवृत्तिको घोर भत्र्सना गर्दछौं र यस किसिमको स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति एकताबद्ध भई संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

२. सरकारले लोकतान्त्रिक मूल्य र मान्यतालाई तहसनहस गरी अधिनायकवादी उद्देश्य प्राप्तिका लागि सरकारको समेत संलग्नतामा सांसद डा. सुरेन्द्र यादव अपहरण काण्डले नेपाली जनता आक्रोशित भएका छन् । यस्ता आपराधिक कार्यको यो बैठक घोर भत्र्सना गर्दछ र अपराधमा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी कारबाही अगाडि बढाउन माग गर्दछ ।

३. कोरोना भाइरसको संक्रमणको सन्दर्भमा गरिएको लकडाउनको अवधिमा जनताका न्यूनतम आवश्यकता पूर्ति गर्ने तथा नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न आवश्यक राहत र कुनै ठोस् कार्ययोजना सरकारले दिन सकेको छैन । यस अवस्थामा तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न माग गर्दछ । साथै, कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन आवश्यक टेस्टिङमा भएको असाधारण ढिलासुस्ती समाप्त गरी तिव्रता दिन यो बैठक माग गर्दछ ।