देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारी वकिलको कार्यालयले पनि दर्ता गरेन सांसद् अपहरणको उजुरी

देशान्तर

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद् अपहरणको उजुरी जिल्ला सरकारी वकिलले दर्ता गर्न अस्वीकार गरेको छ। समाजवादीका नेता तथा अधिवक्ता कृष्ण शर्माले सहन्यायाधीवक्ता हरिप्रसाद रेग्मीले आएर उजुरी दर्ता गर्न नमिल्ने भन्दै फर्काइदिएको जानकारी दिए।

उजुरी दर्ता गर्न गएको धेरै समयपछि आएका रेग्मीले अनुशन्धानका साथिहरुसँग बुझ्नु पर्ने भन्दै उजुरी दर्ता गर्न नमानेको उनले जानकारी दिए। उनले अब सरकारी वकिलमार्फत पनि दर्ता नभएपछि कानुन अनुसार अन्य बाटो रोज्ने बताए।

गत आइतबार पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पूर्व उपप्रधामन्त्री उपेन्द्र यादवसहित काठमाडौंको टेकुस्थित प्रहरी परिसरमा उजुरी दर्ता गर्न पुगेका थिए। प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि उनीहरु मंगलबार दिउँसो जिल्ला सरकारी वकिलको कार्यालय पुगेका हुन्।