काठमाडौं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले यस वर्षको एसईईसहित कक्षा ११ को नतिजन निकाल्ने जिम्मा विद्यालयहरुले नै दिन सुझाव दिएको छ । प्रतिष्ठानले परीक्षा स्थगित गरी अघिल्ला परीक्षाहरुका आधारमा विद्यालयहरुले नै उत्तीर्ण वा अनुत्तीर्णको प्रमाण पत्र दिने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको हो ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई), कक्षा ११ र १२ तथा सबै विश्वविद्यालयका परीक्षाहरु स्थगित गरेको छ । लकडाउन लम्बिँदै गएकाले परीक्षा कहिले हुने भन्ने अन्यौल छ ।
यसै अवस्थालाई मध्यनजर गर्दै प्रतिष्ठानले सार्वजनिक गरेको अपीलमा भनिएको छ, ‘एसईई परीक्षा सदाका लागि अन्त्य गरिनु वाञ्छनीय देखिन्छ तर अहिले केही प्रक्रिया अगाडि बढेकाले यस वर्षका लागि सम्बन्धित विद्यालयले नै विद्यार्थीको आजसम्मको मूल्यांकनका आधारमा उत्तीर्ण वा अनुत्तीर्ण भनि प्रमाणपत्र दिनु उचित देखिन्छ ।’
यसैगरी कक्षा ११ को परीक्षा पनि यस वर्षका लागि स्थगित गरी विद्यालयमा लिइएका अघिल्ला परीक्षाहरुका आधारमा प्रमाण पत्र वितरण गर्न उपयुक्त हुने प्रतिष्ठानको राय छ । यस्तो छ प्रतिष्ठानले जारी गरेको सार्वजनिक अपील :-





प्रतिक्रिया