देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वरिष्ठ नेता पौडेललाई जापान सरकारद्वारा उत्कृष्ट विभूषण प्रदान

देशान्तर

काठमाडौैं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राइजिङ सन अवार्ड’बाट विभूषित गर्ने भएको छ ।

बुधबार जापान सरकारले उहाँलाई सो विभूषण प्रदान गर्ने निर्णय गरेको आज यहाँस्थित जापानी दूतावासले जनाएको छ । नेपाल-जापानबीचको सम्बन्ध विस्तारमा वरिष्ठ नेता पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सो विभूषण प्रदान गर्न लागिएको राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वरिष्ठ नेता पौडेलले प्रतिनिधिसभाको सभामुख भएका बेलामा ‘जापान-नेपाल फ्रेन्डसिप पार्लमेन्टेरियन कमिटी’ गठन गरेर सांसदहरुका बीचमा अनुभव साटासाट गर्न महत्वपूर्ण निर्वाह गरेको दूतावासले जनाएको छ ।