काठमाडौं । स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपको मालिक शुलभ अग्रवाललाई रिहा गर्न अदालतले आदेश दिएको छ ।
बिहीबार उनलाई साढे २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले उनलाई रिहाको आदेश सुनाएको हो ।
थर्मलगन कालोबजारी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अग्रवाललाई पक्राउ गरेको थियो । करिब साढे तीन हजार पर्ने थर्मल गनलाई उनले १५ हजार भन्दा बढी मुल्यमा बिक्री गरिरहेको अवस्थामा प्रहरीले उनलाई रंगेहात पक्राउ गरेको थियो ।





प्रतिक्रिया