काठमाडौं । रोल्पामा बम विस्फोट हुँदा ४ जना बालबालिकाहरुको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका-४ गैरी गाउँको मैतीगातिनामा आज साँझ ६ बजे बम विस्फोट हुँदा ४ जना बालबालिकाहरुको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी चित्रबहादुर गुरुङका अनुसार साँझ ६ बजेतिर भएको उक्त घटनामा परी त्रिवेणी -७ का ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, १४ वर्षीय लोकिराम डाँगी र वडा नम्बर ४ का १३ वर्षीय गौरव नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये दुई बालबालिका एकै परिवारका हुन् ।
बाख्रा चराएर जंगलबाट घर फर्कने क्रममा बम विस्फोट भएको अनुमान गरिएको छ । वडाध्यक्ष भानबहादुर घर्तीले शव नजिकै अर्को बम पनि रहेको बताए । ‘घटना हेर्दा उनीहरुले जंगलबाट बम फेला पारेर ल्याएको र त्यो पड्किएको जस्तो देखिन्छ,’ वडाध्यक्ष घर्तीले भने- ‘अर्को बम पनि शव नजिकै भेटिएकाले आशंका गरेका हौं ।’





प्रतिक्रिया