देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रोल्पा घटनाको अनुसन्धान र बेवारिसे बमको खोजी गर्न कांग्रेसको माग

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रोल्पा घटनाबारे अनुसन्धान गर्न सरकारसमक्ष माग गरेको छ।

बिहीबार साँझ रोल्पाको त्रिवेणी गाउँपालिकामा बाख्रा चराउन गएका चार बालबालिकाको बेवारिसे बम विष्फोटबाट मृत्यु भएको थियो।

बिस्फोटमा परेर ११ वर्षीया विमला खत्री, ५ वर्षीय विजय खत्री, १३ वर्षीय गौरव नेपाली र १४ वर्षीय नोखीराम डाँगीको मृत्यु भएको थियो।

सोही घटनाको गहिरो अनुसन्धान, कारबाही र बेवारिसे बमको खोजी गम्भीर रूपले गर्न कांग्रेसले माग गरेको हो।

‘जहाँकहीँ पनि होलान् यस्ता बेवारिसे अवस्थाका बमलाई खोज अनुसन्धान गरेर निष्क्रिय पारी नागरिक जीवनलाई सुरक्षित गर्ने कर्तव्यमा गम्भीर बन्न नेपाली कांग्रेस नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छ’, शुक्रबार जारी विज्ञप्तिमा कांग्रेसले भनेको छ।