देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमसीसीका ११ वटा बुँदा संशोधन गर्न नेकपा कार्यदलको सुझाव

देशान्तर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गठन गरेको कार्यदलले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का ११ बुँदा संशोधन गर्न सुझाव दिएको छ।

वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वमा भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदलले संशोधन गरेर मात्रै अनुमोदनका लागि संसदमा पेश गर्न सुझाव दिएको हो। कार्यदलको दिएको ११ बुँदे सुझावमा एमसीसी कम्प्याक्ट जस्ताको त्यस्तै पारित गर्न नहुने उल्लेख छ। उसले बुँदागत रुपमा संशोधन गर्नुपर्ने बुँदाबारे उल्लेख गरेको छ।

परराष्ट्रमन्त्री समेत रहेका कार्यदलका सदस्य ज्ञवालीले भने प्रतिवेदनमा १५ बुँदे फरक मत राखेका छन्। एमसीसीको विषयमा अतिरञ्जित प्रचार भएको उनको निष्कर्ष छ।

यस्तै, कार्यदलले इन्डोप्यासिक स्ट्राटेजी कै अंग भएको निष्कर्ष निकालेको छ। प्रतिवेदनको बुँदा नम्बर १४.६ मा भनिएको छ,‘अमेरिकी राष्ट्रिय सुरक्षा र रक्षा रणनीतिको एउटा महत्वपूर्ण बुँदाको रुपमा हिन्द प्रशान्त रणनीति ल्याइएको देखिन्छ भने यी सबै रणनीतिको अंगको रुपमा एमसीसी अन्तर्गतको कार्यक्रम सञ्चालन गरिएको देखिन्छ।’

गत माघमा बसेको नेकपा केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले एमसीसीबारे अध्ययन गरेर सुझाव दिन पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता खनालको नेतृत्वमा तीन सदस्यीय र्यदल गठन गरेको थियो ।