देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ताप्लेजुङको सदरमुकाम फुङलिङमा भीषण आगलागी

देशान्तर

ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा गएराति आगलागी हुँदा आगलागी हुँदा १२ वटा घर जलेका छन् । आगलागीबाट सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

बेलुका करिव दश बजेदेखि लागेको आगो आज विहान पाँच बजेतिर मात्रै नियन्त्रणमा आएको छ । फुङलिङ नगरपालिका र फिदिम नगरपालिकाका दमकल, स्थानीय र सुरक्षाकर्मीको प्रयासमा आगलागी नियन्त्रणमा आएको हो ।

सदरमुकाम फुङलिङ बजारको पुरानो बैंकलाइनस्थित ट्याक्सी पार्कछेउमा आगलागी भएको हो । गएराति स्थानीय भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको थियो । आगलागीको कारण खुलेको छैन ।

आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । फुङलिङमा यसअघि २०७१ सालमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका थिए ।