काेराेना भाइरसकाे पुष्टि हुने संख्या नेपालमा ८२ पुगेकाे छ । आज विहान बाँकेकाे नेपालगञ्जमा थप ७ जनामा काेराेना पुष्टि भएकाे छ । याेसँगै बाँकेमा मात्रै काेराेना पुष्टि हुनेकाे संख्या २३ पुगेकाे छ ।
भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षणमा नयाँ ७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्यमन्त्रालयले जनाएको छ । मंगलबार बिहान थप ३ पुरुष, ३ महिला र १ बालिकामा कोरोना पुष्टि भएको छ । उनीहरू सबै नेपालगन्ज ८ का बासिन्दा हुन् ।





प्रतिक्रिया