देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल प्रवेश गर्न खाेज्ने भारतीय माथि झापामा हवाइ फायर

देशान्तर

नेपालतर्फ प्रवेश गर्न खोज्ने भारतीय नागरिकलाई रोक्ने क्रममा झापामा प्रहरीले हवाइ फायर गरेको छ ।

गएराति झापा गाउँपालिका– ४ स्थित सुकुम्वासी बस्ती नजिकैवाट एक सय भन्दा बढी भारतीय नागरिक जर्वजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले गोली चलाएको हो ।

नेपाल छिर्न खोज्नेले सुरक्षाकर्मीलाई आक्रमण प्रयास गरेपछि दुई राउण्ड हवाई फायर गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्रले गोली चलाएपछि भारतीय नागरिक त्यहाँबाट भागेको बताइएको छ । जर्वजस्ती नेपाल र्छिन खोज्ने दुई जनालाई सशस्त्र प्रहरीले रोकेपछि उनीहरु गाँउले भेला गरेर सीमा क्षेत्रमा आएपछि तनाव भएको बताइएको छ ।

झापासँगको सीमामा भारतीय नागरिकले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेको यो दोस्रो घटना हो ।

एक साताअघि कचनकवल गाउँपालिका–४ स्थित सीमाक्षेत्रमा पनि बलजफ्ती नेपाल पस्न खोजेका केही भारतीयले प्रहरीमाथि आक्रमण प्रयास गरेका थिए ।