देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारले तेलको मूल्य नघटाउने : आपूर्तिमन्त्री

देशान्तर

काठमाडौं । कोरोनाका कारण विश्वव्यापी लकडाउन हुँदा कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य निकै घटेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य लगातार घटे पनि नेपाल सरकारले मूल्य नघटाउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मूल्य नघटाउने बताएका हुन् ।

मन्त्री भट्टका अनुसार आयल निगमको नाफा कोरोना रोकथाम तथा उपचार कोषमा पठाउनुपर्ने भएकाले मूल्य समायोजन नगरिने भएको हो । मंगलबार सञ्चारकर्मीसँग भर्चुअल कुराकानी गर्दै मन्त्री भट्टले सो जानकारी गराएका हुन् ।

आयल निगमले सोमबार मात्रै कोरोना नियन्त्रण कोषमा ५० करोड रुपैयाँ पठाएको दाबी गर्दै मन्त्री भट्टले राज्य कमजोर अवस्थामा रहेकाले मूल्य घटाउन नसकिएको बताए । अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार मूल्य समायोजनका केही समय पछि गृहकार्य हुने उनले बताए ।

नेपाल आयल निगम प्रवक्ता विनितमणि उपाध्यायले भने निगमको नाफा कोरोना कोषमा पठाउने निर्णय भएकोबारे अनविज्ञता प्रकट गरे । पछिल्लो समय निगम सञ्चालक समिति तथा अन्य कुनै बैठक नभएको उललेख गर्दै उनले यसबारे आफूलाई थाहा नभएको बताए ।