देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्रिपरिषद् बैठक बस्दै लकडाउनबारे निर्णय हुने

देशान्तर

लकडाउनको म्याद सकिनै लाग्दा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकले कोरोना नियन्त्रणका लागि जारी लकडाउनका विषयमा थप निर्णय गर्ने बताइएको छ ।

पछिल्लो पटक लम्ब्याइएको लकडाउनको समय भोलि सकिन लागेकाले फेरि लकडाउन बढाउने वा नयाँ मोडालिटी अपनाएर सुरक्षित रुपमा जजनीवन सहज बनाउने भन्ने बारेमा आजको मन्त्रिपरिषद्ले निर्णय गर्ने भएको हो । यसअघि हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरिय समन्वय समिति बैठकले पनि सरकारलाई लकडाउनलाई निरन्तरता दिन सिफारिस गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी बैठकले अहिलेसम्म सरकारले लिएका नीतिले संक्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष निकालेको थियो । विश्व महामारीका रूपमा फैलिएको कोरोनाबाट नेपालमा हालसम्म ८२ जना संक्रमित भएका छन् । जसमध्ये १६ जना उपचारपछि निको भएका छन् ।