देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभापति देउवाले भने- ‘ब्याजदर घटाउन सरकारलाई दबाब दिन्छौं, सदनमा पनि कुरा उठाउँछौं’

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाले अर्थतन्त्रलगायत क्षेत्रमा असर पुर्‍याएको बताएका छन् । कांग्रेस संसदीय दलले आज पार्टी केन्द्रीय कार्यालयमा अर्थतन्त्रमा सरोकार राख्नेहरूसँग गरेको छलफलमा देउवाले कोरोनाले गर्दा रेमिट्यान्सदेखि रोजगारी गुमाउनेसम्मका असर देखिएको बताए ।

‘विदेशमा रहेका नेपाली कामदारले रोजगारी गुमाएका छन् । कतिपय देशले कामदार नेपाल फर्काइदिने भनिरहेका छन्,’ देउवाले भने, ‘यहाँ पर्यटक ठप्प छ । उद्योग, व्यापार कहिलेसम्म बन्द रहने टुंगो छैन ।’ कोरोनाले विश्वका अरू देशजस्तै नेपाल पनि अप्ठेरो अवस्थामा पुगेको देउवाको भनाई छ ।

उद्योगी, व्यवसायीले बैंकको व्याजदर घटाउन माग गरेको भन्दै देउवाले यसबारे अर्थमन्त्री र प्रधानमन्त्रीलाई भेटेर कुराकानी गर्ने पनि बताए । ‘ब्याजदर घटाउन सरकारलाई दवाव दिन्छौं,’ सभापति देउवाले भने, ‘सदनमा पनि कुरा उठाउँछौं ।’ भौतिक पूर्वाधारका काम ठप्प, आन्तरिक तथा बाह्य पर्यटक आवागमन ठप्प र बेरोजगारी समस्याले नेपाललाई थप अप्ठेरोमा पार्ने उनको भनाई छ ।