देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वीरगन्जमा आज कोरोना पुष्टि भएका १७ जना एकै परिवारका सदस्य

देशान्तर

काठमाडौं । वीरगन्जमा आज कोरोना पुष्टि भएका १७ जना एकै परिवारका सदस्य भएको पाइएको छ । थपिएका सबै संक्रमित गत वैशाख १४ गते संक्रमण देखिएका पुरुषका परिवार हुन् ।

वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीका अनुसार ती पुरुष महानगरका कर्मचारी पनि हुन् । ‘उहाँहरू सबै एउटै परिवारका सदस्य हुनुहन्छ,’ मेयर सरावगीले भने, ‘तर त्यसमा को-को हुनुहुन्छ भन्ने कुरा खुल्न बाँकी छ ।’ आज देखिएका १७ जना संक्रमितमध्ये दुई महिने शिशु पनि छन् ।

वैशाख १४ गते महानगरपालिका(३ स्थित छपकैयामा बस्दै आएका एक पुरुषमा संक्रमण देखिएपछि उक्त पुरुषका परिवार र सम्पर्कमा आएकाहरूको परीक्षण गर्न काठमाडौं पठाइएको थियो । संक्रमित पुरुष राहत वितरणमा पनि सहभागी भएकाले संक्रमण थप बढ्न सक्ने महानगरले जनाएको छ ।