काठमाडौं । सरकारले बुद्ध जयन्तीका अवसरमा वैशाख भोलि २५ गते बिहीबार सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयले बुधबार सूचना प्रकाशित गरी भोलि बुद्ध जयन्ती (वैशाख पूर्णिमा र चण्डी पूर्णिमा) परेकोले सार्वजनिक विदा दिइएको जनाएको छ ।
जारी सूचनामा भनिएको छ, ‘नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७६–१२–०९ को निर्णयानुसार वि.स २०७७ साल वैशाख १ देखि २०७७ साल चैत्र मसान्तसम्म वर्षभरी दिइने सार्वजनिक, पर्व एवं सट्टा विदा र कार्यालय समय निर्धारण भई सो को सूचना मिति २०७६–१२–१७ को नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ ।
सोही बमोजिम २०७७ साल वैशाख २५ गते बिहीबार बुद्ध जयन्ती (वैशाख पूर्णिमा र चण्डी पूर्णिमा) परेकोले उक्त दिन मुलुक भरी सबैलाई लागू हुने गरी विदा रहेको व्यहोरा निर्णयानुसार अनुरोध छ ।’





प्रतिक्रिया