देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सचिवालय बैठक निष्कर्षविहीन, नेकपा स्थायी कमिटी बैठक पनि अनिश्चित

देशान्तर

काठमाडौं । सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली बीचमै आराम गर्न भन्दै बैठकबाट निस्किएपछि सचिवालय बैठक निष्कर्षविहीन भएको हो ।

बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २० गतेको निर्णयअनुसार सहमतिको प्रस्ताव तयार गर्न नसक्दा बैठक के गर्ने भन्ने अनिश्चित भएको नेताहरुले जानकारी दिएका छन् ।

बैठकको कार्यसूची वा बैठकबारे नै के गर्ने भन्ने निर्णय दुई अध्यक्षले गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले आत्मालोचना गर्दै सबैलाई मिलाएर लैजाने बताएका थिए ।