देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सांसदको कोरोना परीक्षणको रिपोर्ट दिउँसो ३ बजे आउने

देशान्तर

काठमाण्डौ । संसद्को बजेट अधिवेशनको तयारी लगभग पूरा भएको संसद् सचिवालयले जनाएको छ । आज दिउँसो ४ बजेपछि सुरु हुने दुवै सदनको बैठकका लागि आवश्यक तयारी पूरा भएको र कुनै समस्या पर्न नदिन सुक्ष्म अध्ययन भइरहेको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

बैठकमा सहभागी हुने सांसदहरुको स्वास्थ्य परीक्षण भइरहेको छ । अहिलेसम्म दुई सय ६८ सांसदको स्वाब परीक्षण भएको छ । तीन सय ३४ सांसदमध्ये चार जना निलम्बनमा परेका छन् भने स्वाब परीक्षण गर्न बाँकी ३० जनामा कोही काठमाण्डौ उपत्यकाबाहिर र कोही कार्य व्यवस्तताले परीक्षणमा सहभागी भएका छैनन् । छुटेका केही भने परीक्षणका लागि आउँदै गरेको सचिवालयले जनाएको छ ।

सचिवालयले स्वास्थ्य परीक्षण नगरि बैठकमा बस्न नदिने नियम बनाएकाले बैठक बस्नुअघि सबैको परीक्षण हुने छ । यस्तै बैठकमा प्रत्यक्ष सरोकार राख्ने कर्मचारीको पनि स्वाब परीक्षण भइरहेको छ । परीक्षण गराएका सबैको रिपोर्ट दिउँसो ३ बजेसम्म आइसक्ने सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

रिपोर्टमा नेगेटिभ नतिजा आएकालाई मात्रै बैठकमा प्रवेश दिइनेछ । यस्तै सांसदलाई दुई सिट छोडेर बस्ने तथा अधिवेशन अवधिभर एउटै सिटमा बस्ने व्यवस्था मिलाइएको छ ।