दाङ । लकडाउन उल्लघंन गर्ने ५२ जनालाई प्रहरीले कारवाही गरेको छ। तुलसीपुरमा बाट लकडाउन उल्लंघन गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो।
लकडाउनको अवधिमा बजारमा हिँड्ने तथा सवारी साधन चलाउनेलाई नियन्त्रणमा लिएको तुलसीपुर ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक चक्र डम्मरपालले बताए।
यस क्रममा एउटा ट्रक, दुईवटा जिप, तीनवटा मोटरसाइकल, दुईवटा स्कुटी र विभिन्न सवारी साधनका नियन्त्रणमा लिएको डम्मरपालले बताए।
नियन्त्रणमा लिएका व्यक्तिहरुलाई लकडाउन उल्लंघन नगर्ने सर्तमा केही घण्टा राखेर छोडिने प्रहरीले बताएको छ। तुलसीपुरमा बिहान दुई घण्टा मात्र अत्यावश्यक वस्तुको पसलहरु खुल्दै आएका छन्।





प्रतिक्रिया