देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित डिस्चार्ज

देशान्तर

विराटनगर । प्रदेश नम्बर १ को कोशी अस्पताल (विराटनगर)मा उपचाररत थप ८ जना कोरोना संक्रमितहरु  डिस्चार्ज भएका छन् । दोस्रो पटक पीसीआर टेस्ट गर्दा परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई शुक्रबार डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका नागरिक छन् । कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये बुधबार मात्रै ६ जना डिस्चार्ज भएका थिए ।

प्रदेश नम्बर १ मा कोरोना संक्रमितको संख्या ३१ छ । शुक्रबार ८ र बुधबार ६ गरी १४ जना डिस्चार्ज भइसकेका छन् । अब कोशी अस्पतालको आइसोलेसनमा १७ जना कोरोना संक्रमित उपचाररत छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जानकराी दिएको छ ।