देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाबुरामले प्रधानमन्त्रीलाई भने- ‘लोकतन्त्र र आफ्नो छवि बचाउन राजीनामा दिनुस्’

देशान्तर

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । शुक्रबारबाट सुरु भएको प्रतिनिधिसभाको छैठौं अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन् ।

‘प्रधानमन्त्रीले शरीरलाई आराम दिनु नै राम्रो हुन्छ,’ उनले भने- ‘लोकतन्त्रलाई बचाएर आफ्नै छविलाई बचाएर अगाडि बढ्नका निम्ती राजीनामा दिनु उपयुक्त हुन्छ ।’ उनले प्रधानमन्त्री भइसकेका व्यक्ति अभिभावक भएर बस्नुपर्ने अवस्था आएको बताए । उनले शिखर चढ्न सजिलो हुने उल्लेख गर्दै त्यहाँ रहिरहन गाह्रो हुने बताए । ‘घोडालाई खोलासम्म लैजान सकिन्छ पानी पियाउन सकिँदैन,’ उनले भने ।

विदेशमा रहेका नेपालीहरुलाई देश निकाला गरेजस्तो भएको उनले बताए । ‘उताबाट आफ्नो देश जाऊ भन्छ, अनि हामी नआउ भन्ने ?’, उनले भने । भट्टराईले विदेशमा रहेका नेपालीलाई अनागरिक बनाइएको बताए । महामारी रोकथामबारे सरकार ढुक्क भएर बस्ने अवस्था रहेको नरहेको उनले बताए ।