देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आइतबार कुन कार्यालय जाने गाडी कति बजे चल्ने?

देशान्तर

आइतबारदेखि काठमाडौं उपत्यकामा समय तालिकाका आधारमा सावारी साधन सञ्चालन हुने भएको छ ।

सरकारले लकडाउनलाई केही खुकुलो बनाउने नीति ल्याएसँगै आइतबारदेखि विभिन्न प्रयोजनका तोकिएको समयभित्र सञ्चालन गर्न पाइने महानगरीय ट्राफिक महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायबिच भएको बैठकले गरेको प्रस्तावलाई गृहमन्त्रालयले स्वीकृति दिएपछि समय तालिकाका आधारमा सवारी साधान सञ्चालन गर्न लागिएको हो ।

उनले भने–‘गाडी चलाउन पाइने भनेर सबै गाडी चलाउन पाइने हैन, गाडी चलाउन त कडा नै हुन्छ । निर्माण सामग्री बोकेका ठूला ट्रकहरु, अस्पताल, बित्तिय संस्था, बैंक, सरकारी कार्यालयमा काम गर्ने कर्मचारीलाईहरुलाई समय तालिका अनुसार दिने निर्णय भएको छ ।’
कुन गाडी कतिबेला त?

–निमार्ण सामग्री बोकेका ठूला ट्रिपर र ट्रकहरु बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म मात्र उपत्यका छिर्न पाइनेछ ।

–निजामती कर्मचारी, बैंक तथा वित्तिय सेवाका कर्मचारीहरु बिहान ९ बजेदेखि साढे ९ भित्र कार्यालय पुगिसक्ने, बैंकका कर्मचारीहरु साढे ३ देखि ५ बजेसम्म घर फर्किसक्नुपर्ने, अन्य कर्मचारीको हकमा ५ देखि ६ बजेसम्म फर्किसक्नुपर्नेछ ।

–सामान्यतया अत्यावश्यक चिज बोकेका गाडिहरु जस्तै तरकारी, खाद्य सामग्री, फलफूल लगायत बोकेका सवारी साधान बिहान १० बजेभित्र मात्र सञ्चालन हुन पाउने ।

–४२ प्रकारका उत्पादन तथा सेवा सञ्चालनसँग सरोकार राख्नेका सबै सवारी साधान सञ्चालन गर्न भने नपाउने ।

–माथि उल्लेखित सवारी साधान सञ्चालनका लागि आफ्नो कार्यालयबाट जारी गरिएको पत्र बोक्नुपर्ने ब्यवस्था गरिएको छ ।

तर राति चल्ने निर्माण सामग्री बोकेका सवारी साधानका लागि भने परिचयपत्र र पत्र बोक्न आवश्यक नपर्ने ट्राफिक महाशाखा प्रमुख ढकालले जानकारी दिए । अत्यावश्यक काम बाहेक पास बोकेर सडकमा गुड्ने सवारी साधानलाई कारवाही गर्ने उनको भनाई छ ।