देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजदेखि गाडी चलाउन टाइमकार्ड

देशान्तर

सरकारले उपत्यकाभित्र सरकारी कर्मचारी, बैंकरबित्तीय क्षेत्र, दैनिक उपभोग्य बस्तु र निर्माण सामग्री बोकेका सवारी साधनलाई आजदेखि सशर्त सञ्चालन अनुमति दिने भएको छ ।
सवारीहरुलाई सडकमा निस्केको कामको प्रकृतिअनुसार कुन समयमा चलाउन पाइने भनेर सरकारले टाइम कार्ड लागु गरेको हो ।

काठमाडौं, भक्तपुर र ललितपुर प्रशासन, सुरक्षा निकाय, उद्योग वाणिज्य, ट्राफिकलगायत निकायका अधिकारी सम्मिलित बैठकले समयसीमा तोकेर कर्मचारी, बैंकरबित्तीय संस्थासहित अत्यावश्यक सेवा सञ्चालनमा प्रयोग भएका सवारी समय सीमाभित्र आवतजावत गर्ने गरी अनुमति दिने भएको हो ।

आजदेखि नै यो व्यवस्था लागू गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भिमप्रसाद ढकालले जानकारी दिनुभयो ।  एसएसपी ढकालका अनुसार अब निर्माण सामग्री बोकेका ठूला ट्रकरटिपर बेलुका ८ बजे प्रवेश गरेर बिहान ६ बजेभित्र गन्तव्यसम्म पुगिसक्नु पर्ने छ ।

त्यस्तै सरकारी कर्मचारी बिहान ९ बजेदेखि साढे १० बजे सम्म कार्यालय पुगि बेलुका ५ देखि ६ बजेभित्र घर फर्किसक्नुपर्ने छ ।  यसैगरी बैंक तथा बित्तीय संस्थाका कर्मचारी आफ्नो सवारीमा बिहान ९ देखि साढे १० बजेभित्र निस्केर बेलुका साढे ३ बजेदेखि ५ बजेभित्र फर्किनु पर्ने छ । यस्तै, दैनिक उपभोग्य बस्तु तथा इन्धन बोक्ने बिहान ४ देखि १० बजेभित्र मात्रै सञ्चालन हुन पाउने छन् ।

औषधि र पानी बोकेका सवारीमा भने समय सीमा तोकिएको छैन । तर, पास भएका सवारी पनि बिना प्रयोजन गुड्न नपाउने व्यवस्था गरिएको एसएसपी ढकालले बताउनुभयो । चैत ११ गतेदेखि लगाइएको लकडाउनयता अत्यावश्यक सेवा र अनुमतिबाहेकका सवारी साधनबाहेक अन्यलाई सञ्चालन अनुमति दिइएको छैन ।