देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना संक्रमणबाट ७८ जना गैरआवासीय नेपालीको मृत्यु

देशान्तर

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७८ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो ।

कोरोनान भाइरसका कारण यो हप्तामात्रै थप ५ जना नेपालीले ज्यान गुमाएका हुन् । यस्तै, नेपाल बाहेक विश्वभर ५ हजार ४ सय ७२ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएको समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिएका छन् ।

संक्रमितमध्ये २ हजार भन्दा बढी निको भएको अनुमान समितिले गरेको छ ।