देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पत्रकार यादवमाथि प्रहरीले गरेको दुव्र्यवहारको विरोधमा पर्साका पत्रकार आन्दोलित

देशान्तर

वीरगञ्ज । प्रहरीले नयाँ पत्रिका दैनिक तथा नारायणी एफएममा कार्यरत पत्रकार तिवारी यादवमाथि गरेको दुव्र्यवहारको विरोधमा पर्साका पत्रकार आन्दोलित भएका छन् । उनीहरुले यादवमाथि भएको दुव्र्यवहारको निष्पक्ष छानविन गरी दोषी प्रहरीलाई कारवाही गर्नुपर्ने माग गरेका छन् । दोषीलाई कारवाही नहुन्जेलसम्म जिल्ला प्रहरी कार्यालय पर्साको समाचार वहिष्कार गर्ने निर्णय गर्दै सोमबार विहान बीरगन्जको घण्टाघरमा भेला भई संघर्षका कार्यक्रमहरु तय गर्ने तयारी गरेको नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र यादवले जानकारी दिए ।

आइतबार दिउसो २ बजे वीरगञ्जको लिंकरोडस्थित सामुदायिक रेडियो नारायणी एफएमको प्रवेशद्वारबाट पत्रकार यादवलाई प्रहरीले पक्राउ गरेको थियो । सडकमा सवारीसाधन पार्क गरेको भन्दै प्रहरीले तिवारीलाई पक्राउ गरी दुव्र्वहार गरेको थियो । पक्राउ गरी उनलाई एसपी कार्यालय लगिएको थियो । एसपी कार्यालयमा कार्यरत एक प्रहरी अधिकृतले यादवलाई हातपातसमेत गरेका थिए ।
यादव पक्राउ लगत्तै नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष चौहान, केसी त्यागी लगायतका पत्रकार एसपी कार्यालय पुगी घटनाको विारोध गरेका थिए । पत्रकारहरुको विरोधपछि पाँच घन्टा राखेर यादवलाई प्रहरीले रिहा गरेको थियो ।

पर्सा प्रहरीको ज्यादतिको बिरुद्धमा नेपाल पत्रकार महासंघ पर्साले आन्दोलनको घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले पर्सेली संचारकर्मीहरु आजैबाट जिल्ला प्रहरी कार्यालय पर्साको सम्पुर्ण समाचार बहिष्कार गर्ने र भोली बिहान ८ बजे घण्टाघरमा धर्ना दिने जनाएको छ । अध्यक्ष श्याम बन्जाराले पत्रकार माथि गरेका दुरव्यहारको घोर बिरोध गर्दै दोसी प्रहरी माथि कारवाही नभए सम्म आन्दोलन गर्ने जानकारी दिए । पत्रकार यादवको मोबाईल अहिले पनि प्रहरीले नै राखेको छ ।

यादवलाई पक्राउ गरी एसपी कार्यालयमा पुर्याईदा प्रदेश नं. २ प्रमुख डिआईजी धिरजप्रताप सिंहसमेत उपस्थित थिए । तर उनले पत्रकार पक्राउको घटनामा चासो नदिएको बन्जारले बताए । पर्सा प्रहरी प्रमुखले पत्रकारमाथि भएको दुव्र्वहारको घटनामा उल्टै पत्रकारलाई दोषी देखाउने प्रयत्न गरेको बन्जाराले बताए ।