देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बीओपी तत्काल स्थापना हुने

देशान्तर

दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजीकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट ९बीओपी० तत्काल स्थापना हुने भएको छ ।

गएको मंसिरमै नेपाल सरकारले बीओपी राख्ने निर्णय ढिलाइ भएको थियो । भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सीमा जोड्ने गरी सडक निर्माण गरेपछि सरकारले अहिले तत्काल व्यासको छाङ्ग्रुमा सशस्त्र प्रहरीको बीओपी राख्ने भएको हो ।

पर्सि बुधबार बीओपी स्थापना गर्ने गरि काम अन्तिम चरणमा पुगेको सशस्त्र प्रहरी नायब उपरीक्षक डम्मरबहादुर विष्टले जानकारी दिनुभयो । अहिलेलाई छाङ्ग्रुमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटाउने तयारी छ । रासस