देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लकडाउन खुकुलो पार्न संसदीय समितिको निर्देशन

देशान्तर

काठमाडौं । संसदीय समितिले लकडाउनलाई क्रमशः खुकुलो पार्न सरकारका नाममा निर्देशन जारी गरेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पीसीआर परीक्षणलाई बढाउंदै लैजान र लकडाउन खुकुलो पार्न निर्देशन जारी गरेको हो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल सहभागी थिए । राज्य व्यवस्था तथा सुशासन समितिले आइसोलेसन बेडहरु पर्याप्त मात्रामा निर्माण गर्न, स्थानीय स्तरमा निर्माण गरिएका क्वारेन्टाइनलाई मापदण्डअनुसार बनाउन र किसानहरुलाई मल तथा बीउबिजन उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

विदेशमा अलपत्र परेका कामदार र भारतसंगको सीमावर्ती क्षेत्रमा बसेका नागरीकहरुलाई संक्रमण नियन्त्रणसम्बन्धी विश्वव्यापी मापदण्डअनुसार व्यवस्थित रुपमा घर फर्कने व्यवस्था मिलाउन समेत समितिले निर्देशन दिएको छ ।

गृहमन्त्री रामबहादुर थापाले भारतीय नेपाल भारत सीमा क्षेत्रमा करिब २१ सय नेपालीहरु क्वारेन्टाइनमा रहेको जानकारी दिएका थिए भने स्वास्थ्यमन्त्री ढकालले पछिल्ला दिनहरुमा पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई बढाउंदै लगेको जानकारी दिए ।