देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महोत्तरीमा एक पुरुषको शव फेला

देशान्तर

जलेश्वर । कोरोना भाइरसको जोखिम हुन नदिन जारी  ‘लकडाउन’ मा महोत्तरीको गौशाला नगरपालिका– ४ स्थित मकैबारीमा एक पुरुषको शव फेला परेको छ ।

गौशाला नगरपालिका– ४ बस्ने अन्दाजी ४४ वर्षीय दिलीप ठाकुरको शव गौशाला बजारदेखि बिर्ता जाने बाटामा रहेको गुठीको जग्गाभन्दा दक्षिण मकैबारीमा फेला परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए ।

प्रहरीले  शव परीक्षण गर्न जिल्ला अस्पताल जलेश्वरमा पठाएको  जनाएको छ ।