देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पछिल्लो २४ घण्टामा २७९९ जनाको कोरोना परीक्षण

देशान्तर

काठमाडौं । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९९ जनाको नमूना परीक्षण भएको छ। नेपालमा हालसम्म पिसिआर र आरडिटी गरी ७६ हजार ३ सय ५५ जनाको कोरोनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१७ हजार ८ सय जनाको पिसिआर र ५८ हजार ५ सय ४६ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । हालसम्म नेपालमा १ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये ३३ जना उपचारपछि डिस्जार्च भइसकेका छन्। दुई जना आइतबार साँझ डिस्चार्ज भएका हुन्।

बाँकी संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। सोमबार मात्रै ११ जना नयाँ संक्रमित थपिएको हो। कोरोनाको आशंकामा काठमाडौं उपत्यकामा १ र बाहिर १ सय ५२ गरी १ सय ५३ जना अस्पतालको आइसोलेसनमा छन्।

१२ हजार ७ सय १ जना क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ। कोरोना सबै उमेर समूहलाई हुन सक्ने भएकाले सावधानी अपनाउन मन्त्रालयले सबैलाई आग्रह गरेको छ।