देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना संक्रमितको संख्या १३४ पुग्यो, एकै दिन २४ पोजेटिभ

देशान्तर

नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आज मात्रै देशभर २४ जना नयाँ सक्रमित फेला परेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित हुनेहरुमा कपिलवस्तुका ६ जना, रुपन्देहीका ६ जना र बर्दियाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ ।

यसअघि आजै कपिलवस्तुका १० जना र सप्तरीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।