देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सूर्यविनायकमा ६० प्रतिशत अनुदानमा धानको बीउ वितरण

देशान्तर

भक्तपुरकाे सूर्यविनायक नगरपालिकाले आफ्ना नगरभित्रका किसानलाई ६० प्रतिशत अनुदानमा विभिन्न जातका धानको बीउ वितरण शुरु गरेको छ ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेको देशव्यापी लकडाउनले धानको बीउ अभाव भएपछि नगरपालिकाले विभिन्न जिल्लाबाट खरिद गरिएको धानको बीउ किसानलाई आजबाट वितरण गर्न शुरु गरेको हो ।

नगरपालिकाले नगरक्षेत्रका एकदेखि १० सम्मका सबै वडाकार्यालयमार्फत ६० प्रतिशत अनुदानमा प्रतिकिलो रु ४८ का दरले खुमल–४ मसिनो, खुमल–१० मसिनो, खुमल–११ ताइचीन र ताइचीन–११ जातको धानको बीउ वितरण शुरु गरेको नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवालीले जानकारी दिए ।

नगरपालिकाले सम्बन्धित वडा कार्यालयमार्फत बुधबारसम्म धानको बीउ वितरण गर्ने भएको हो । यस वर्षदेखि नगरपालिकामा कसैले पनि जग्गा बाँझो राख्न नपाउने नियम बनाएपछि धान बीउको माग पनि बढ्न सक्ने नगरपालिकाले आँकलन गरेको छ । नगरपालिकाले यस वर्षदेखि जग्गा बाँझो राख्नेलाई कारवाही गर्ने नीति लिएपछि विगतमा बाँझो हुने बारीहरुमा समेत मकै र विभिन्न जातका तरकारी रोप्न थालिएको छ ।