देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाली भूमि अतिक्रमणबारे सभामुखद्वारा सरकारको ध्यानाकर्षण

देशान्तर

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सरकारका नाममा रुलिङ गरेका छन् । सांसदहरुले नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेर उद्घाटन समेत गरेको सन्दर्भमा लगातार आवाज उठाएपछि सभामुख सापकोटाले सरकारको ध्यानाकर्षण गराउँदै रुलिङ गरेका हुन् ।

मंगलबार बैठकको शून्य समयमा सत्ता र विपक्षी दलका सांसदहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले मानसरोवर जाने सडक बनाउनु देशको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामाथि कै अतिक्रमण भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांसदहरुले यो राष्ट्रियतामाथि भारतको नांगो आक्रमण भएको तर सरकार भने वक्तव्यवाजीमा सीमित रहेको भन्दै सरकारको आलोचना गरेका थिए । नेपाली भूमिको रक्षा गर्न सार्थक कूटनीतिक पहलका लागि उनीहरुले सरकारलाई भनेका थिए ।

शून्य समयमा सांसदहरुले बोलिसकेपछि सभामुख सापकोटाले तीन दिनदेखि सांसदहरुले शून्य समयमा उठाएका विषय बहुआयामिक महत्वका भएकाले यस्ता गम्भीर विषयमा सरकारको ध्यानाकर्षण गराउँछु भनेका हुन् ।