देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पत्रकारको तत्काल पीसीआर टेस्ट आवश्यक : महासंघ

देशान्तर

काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना भाइरसको महामारी बढ्दो अवस्थामा रहेकाले तत्कालन पत्रकाहरुको पीसीआर टेस्ट गर्न माग गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको उच्च जोखिमका बीच अग्रभागमा रहेर नागरिकलाई सुसूचित र सचेत गराउने गहन जिम्मेवारी वहन गरिरहेको सञ्चार क्षेत्र पनि यतिखेर कोरोना भाइसरबाट प्रभावित हुन पुगेको खवरले नेपाल पत्रकार महासंघ अत्यन्त दुःखी र चिन्तित भएको उल्लेख गरेका छन् ।

कोरोना भाइरस संक्रमितमध्ये कम्तिमा दुई जना पत्रकार संक्रमित हुन पुगेको र अरु पत्रकारको स्वास्थ्य परीक्षण भैरहेको छ । अहिलेको विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न सबै पत्रकारलाई अपिल पनि महासचिव विष्टले गरेका छन् ।