देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना संक्रमित बढेपछि वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा जारी

देशान्तर

पर्सा । कोरोना भाइरसको जोखिम बढेपछि वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । जोखिम बढेकाले अर्को सूचना नआएसम्मका लागि निषेधाज्ञा जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कार्कीले जानकारी दिए ।

उनका अनुसार अहिले बेलुका ८ बजेदेखि निषेधाज्ञा लागू हुने छ । यस्तै पर्सामा दुई जना पत्रकारलाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । चार जना पत्रकारको स्वाब परीक्षण गरिएकोमा दुई जनालाई सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए ।

यसअघि चारै जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको भनिए पनि सङ्क्रमित अरु व्यक्तिसँग नाम मिल्न गएकाले भुलवश चारै जना भनिएको पनि उनले जानकारी गराएका छन् ।