देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बारामा निषेधाज्ञा जारी

देशान्तर

बारा । छिमेकी जिल्लाहरुमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि बारामा निषेधाज्ञा जारी गरिएको छ। बारामा मंगलबार मात्र एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

कोभिड १९ क्राइसीस म्यानेजमेन्ट सेन्टर बाराको मंगलबारको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। यो निर्णयसँगै सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ, हिँडडुललाई नियन्त्रित गरिनेछ।

यसैगरी, जिल्ला तथा ईलाका प्रशासन कार्यालयबाट जारी भएका सिकिस्त बिरामी प्रयोजन बाहेकका अन्य हस्तलिखित तथा ईपास भोलिदेखि खारेज गर्ने निर्णय पनि बैठकले गरेको छ।