देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काँग्रेस संसदीय दलको बैठक शनिबार

देशान्तर

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक शनिबार बस्ने भएको छ ।

काँग्रेस संसदीय दलले एक विज्ञप्ति जारी गरी जेठ ३ गते संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बोलाइएको जानकारी दिएको हो ।

प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले आर्थिक वर्ष २०७७-७८ का लागि ल्याएको नीति तथा कार्यक्रम र मुलुकको समसामयिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए । बैठक दिउँसो साढे १ बजे बोलाइएको छ ।