देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो

देशान्तर

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पचाल, नेपालगञ्जमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँकेका १८,२०, २२ ,२५, २५, २७, ३२, ३६ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो । यो सँगै नैपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।