देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पर्सा गएका १४ मजदुरमा कोरोना देखिएपछि बागलुङमा ‘कन्ट्याक्ट ट्रेसिङ’ तीव्र

देशान्तर

बागलुङ । गलकोटबाट पर्सा गएका १४ मजदुरमा कोरोना पुष्टि भएपछि गलकोट क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङ तीव्र बनाइएको छ ।

उनीहरु बसोबास गरेको र काम गर्ने ठाउँका गरि सय जनाको स्वाब परीक्षण गरिने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

जिल्ला कमाण्ड पोस्टले जिल्लाभरका सबै सीमा नाका र बजारमा लकडाउन प्रभावकारी बनाउन थालेको छ भने गलकोट नगरपालिकाले सीमा सिल गरेको छ ।

पर्सा गएको १७ दिनपछि मजदुरहरुमा कोरोना पुष्टि भएको थियो । बागलुङका दुई जना कोरोना संक्रमित भने उपचार पछि निको भएका छन् ।