देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लकडाउन थप्ने सरकारको तयारी

देशान्तर

काठमाडौं । सरकारले लकडाउन जेठ ५ गतेपछि पनि थप गर्ने तयारी गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा रहेका एक मन्त्रीकाअनुसार संक्रमितको संख्या बढ्दै गएकाले लकडाउनलाई कायमै राख्ने सम्भावना छ ।

यसबारे भोलि समितिमा थप छलफल हुनेछ र मन्त्रिपरिषदमा प्रस्ताव जानेछ । समितिले शुक्रबार कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित जोखिम र लकडाउन कसरी व्यवस्थित बनाउने भनेर जनस्वास्थ्य विज्ञ लगायतसँग छलफल गरेको छ ।

लकडाउन सुरु गर्नुअघिको तुलनामा सरकारको तयारी राम्रो रहेको तर यो पर्याप्त नभएको विज्ञहरुले बताएका छन् । उनीहरुले फ्रान्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षामा बढी जोड दिएका छन् ।